•  
  •  
  •  
  •  
  •  
  •  

दाङ वैशाख ३० गते ।
बुधबार परेको असिनापानीले तुलसीपुर उपमहानगरपालिका -१३ बखरियाका किसानले करिब ३० बिगाह क्षेत्रफलमा लगाएको तरकारीमा क्षति पुर्‍याएको छ । असिनासहितको पानी र हावाहुरीले तरकारी खेतीमा क्षति पुर्‍याएको स्थानीय शिशिर रावतले जानकारी दिनुभएको छ ।

लकडाउनका कारण विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू तराकारी खेती असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । त्यहाँ लगाइएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा असिनापानीले क्षती पुर्‍याएकाे छ ।

केहीले जग्गा भाडामा लिएर तथा केहीले आफ्नै जग्गामा तरकारी खेती गरेका छन् । अधिकांशले टमाटर खेती गरेका र टमाटर खेतीको पहिलो वर्षमै असिनाले क्षति पुर्‍याएको किसान रावतले बताउनुभयाे । किसानहरुले टमाटर खेतीको बीमा पनि गरेका छैनन् । त्यस क्षेत्रमा तरकारी खेती गरिरहेका ७/८ जना किसानकाे प्रत्येकको ५ देखि ७ लाखसम्म क्षति भएको किसानले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here