• 160
  •  
  •  
  •  
  •  
  •  
    160
    Shares

बाँके जेठ १२ गते ।
बाकेको कोहलपुरमा बुवाले धारीलो हतीयार आँसी प्रहार गरी छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो ।

बुधबार राती करीक ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षिय छोरा पोषण ओलीको गर्धन घाँटी मा आँसी प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आँसी प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरको संचाल शाखाले जनाएको छ ।

प्रहरीका अनुसार घटना स्थलमा घटनामा प्रयोग गरीको आँसी बरामद गरीएको छ । नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई आँसी प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पारीवारीक विवादका कारण घटना भएको बताउादै प्रहरीले घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here