• 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

अर्घाखाँची जेठ २७ गते ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ ।

भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि भूमिकास्थान-९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएकाे स्थानीय माधव घिमिरेले जानकारी दिनुभएकाे छ । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियाे ।

गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here