• 120
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

बाँके जेठ २८ गते ।
नेपालगन्जमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भे ९ प ५०१८ नम्वरको मोटरसाइकलले हिडिरहेका व्यक्तिलाई ठक्कर दिँदा नेपालगन्ज २० मनिकापुरका ६० वर्षीय बर्साती नाउको मृत्यु भएको बाँकेका डिएसपी सुभाष खड्काले अनलाइन खोजखवरलाई बताउनुभयो ।

उक्त मोटरसाइकल नेपालगन्जदेखि कोहलपुर तर्फ गइरहेको थियो । उक्त मोटरसाइकलले पैदल हिडिरहेका नाउलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ । चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् । फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here