• 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

दाङ असार ५ गते ।
दाङमा लुम्बिनी प्रदेश सरकारले ५१ करोड अनुदान पठाएको छ । आगामी आर्थिक बर्ष २०७८÷०७९ कालागि ५१ करोेड १३ लाख ५८ हजार अनुदान पठाएको हो ।

प्रदेश सरकारले घोराही उपमहानगरपालिकामा १० करोड ५७ लाख ४८ हजार, तुलसीपुर उपमहानगरपालिकामा ७ करोड १ लाख ३६ हजार, लमही नगरपालिकामा ४ करोड ५७ लाख १ हजार, गढवा गाउँपालिकामा ८ करोड १७ लाख ७० हजार, दंगीशरण गाउँपालिकामा ३ करोड ४१ लाख ५३ हजार बजेट छुट्याईएको हो ।

त्यस्तै बंगलाचुली गाउँपालिकामा ३ करोड ४२ लाख ३५ हजार, बबई गाउँपालिकामा ३ करोड ४६ लाख २६ हजार, राजपुर गाउँपालिकामा ३ करोड ४३ लाख ४२ हजार, राप्ती गाउँपालिकामा ३ करोड ६१ लाख ६२ हजार र शान्तिनगर गाउँपालिकामा ३ करोड ४४ लाख ८५ हजार बजेट बिनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here