• 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

सुर्खेत असार ६ गते ।
कोभिडका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । सुर्खेतको पश्चिम तातोपानी स्थायी घर भएका बिष्टको उपचारका क्रममा आज विहान काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उहाँ नेपाली कांग्रेस सुर्खेत जिल्लाको पूर्व सभापति समेत हुनुभएको थियो । बिष्टलाई कोभिड संक्रमणपछि हेलिकोप्टरमार्फत उहाँलाई अक्सिजन मास्क लगाएर काठमाडौं लगिएको थियो ।

प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकोमा अवस्था थप जटिल बनेपछि मेडिसिटी अस्पतालमा उपचार थालिएको थियो । तर अवस्था सुधार नआउँदा उहाँको आज मृत्यु भएको कांँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here