• 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

वीरगञ्ज असार ६ गते ।
बाराको जीतपुर–सिमरास्थित जगदम्बा स्टील्स कारखानामा गएराती भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घाइते भएकाहरूको वीरगञ्जको तराई अस्पतालमा उपचार भइरहेको डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । पेट्रोल र डिजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ्ग गरिरहेको बेला अचानक आगलागी हुँदा घटना भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here