• 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

कञ्चनपुर असार ७ गते ।
विस्फोटक पदार्थ डिस्पोज गराउँदा नेपाली सेनाका एक प्राविधिक घाइते भएका छन् । हिँजो साँझ जिल्ला प्रहरी कार्यालय र मातहत रहेको विस्फोटक पदार्थ डिस्पोज गराउन खोज्दा काली रक्षा गण कैलालीका प्राविधिक जमदार शिवलाल तिवारी घाइते हुनुभएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार भीमदत्त नगरपालिका–३ मा रहेको नेपाली सेनाको फायरिङ रेञ्जमा विस्फोटक पदार्थहरु डिस्पोज गराउन खोज्दा एउटा डेटोनेटर तिवारीको हातमै विस्फोट भएको हो । घाइतेको महाकाली अस्पतालमा सामान्य उपचारपछि बाँकेकाmे कोहलपुर ल्याइएको छ । डेटोनेटर हातमा समातेका बेला विस्फोट भएको हो ।

घाइतेको दुवै हात र शरीरमा चोट लागेको छ । अवस्था गम्भीर छ । नेपाली सेनाको भगतपुरस्थित २५ नं. बाहिनीका बाहिनीपति कृष्ण जिसीका अनुसार कैलालीमा रहेको कालीरक्षा गणबाट आएको टोलीले विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा दुर्घटना भएको हो । फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here