• 118
  •  
  •  
  •  
  •  
  •  
    118
    Shares

कैलाली असार १४ गते ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरी सवार मोटरसाइकल आफैैँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here