• 767
  •  
  •  
  •  
  •  
  •  
    767
    Shares

बाँके साउन ३ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या गरिएको छ । वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा साउनी कार्कीको हत्या गरिएको छ ।

गतराती उनको आफ्नै औछ्यानमा सुतिरहेको अवस्थामा ठाउँकोमा धारीलो हतियारले हानेर हत्या गरेको हो । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालले ठाउँकोमा धारीलो हतियारले प्रहार गरी हत्या भएको बताए ।

उनका अनुसार पारम्भिक अनुसन्धानबाट साउनी कार्कीको साथमा ४० हजार, सुन भएकोले चोर्नका लागि हानेको अथवा अन्य कुनै कारणले ट्यापेहरुले मारेका हुन भन्ने अझै एकिन हुन सकेको छैन ।

अहिले उनका घरवरपरका सबैलाई सोधपुछ गरिरहेका छौं उनले भने अझै प्रमाणहरु जुटाउनको काम भैरहेको छ । थप प्रमाण जुटाउनका लागि पोष्टमाटमका लागि नेपालगञ्ज पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here