• 545
  •  
  •  
  •  
  •  
  •  
    545
    Shares

सप्तरी साउन १९ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र न २ ०१ ००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ ।

चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा स ११ प ४०३८ नम्बरको मोटरसाइकलमा पछाडि सवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र प्र.न.२-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकलको पछाडि सबार सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here