•  
  •  
  •  
  •  
  •  
  •  

बाँके साउन २६ गते ।
करेन्ट लागेर पलम्बर काम गर्ने चौधरीको मृत्यु भएको छ।
बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ पिपिरीमा पलम्बरको काम गर्ने कैलालीका दिपेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार पिपिरीमा निर्माणधिन अवस्थामा रहेको लोकराज शर्माको घरमा पलम्बरको काम गर्ने क्रममा घोडाघोडी नगरपालिका ४ कैलालीका २६ वर्षीय चौधरी करेन्ट लागेको थियो ।

करेन्ट लागे लगत्तै उपचारकालागि चौधरीलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here