• 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

बाँके साउन ३२ गते ।
बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

बर्दिया बासगढी ८ का चेतन बोहोरा र प्रदिप चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका दुबै जनालाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here