• 23
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

सुर्खेत भदौ ६ गते ।
कर्णालीका स्थानीय तहमा ३ अर्ब २६ करोड रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनमा कर्णालीका ७९ स्थानीय तहमध्ये ७३ स्थानीय तहको पेश्कीसहितको बेरुजु ३ अर्ब २६ करोड ९१ लाख रुपैयाँ देखाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा स्थानीय तहमा यो वर्ष थप ८३ करोड ४७ लाख ८१ हजार रुपैयाँ रकम बेरुजु भएको उल्लेख गरिएको छ । कर्णालीका स्थानीय तहको बेरुजुमध्ये पेश्कीमात्रै ५४ करोड ९३ लाख रुपैयाँ छ ।

यहाँका स्थानीय तहमा देखिएको बेरुजु लेखापरीक्षण भएको कूल रकम ६ अर्ब ५३ करोड ७६ लाखको ५ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here