• 27
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

बारा भदौ ६ गते ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

गएराति साढे १० बजे दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो।

प्रदेश २, ०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७ ५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको ज्यान गएको हो ।

यस्तै, ५३३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here