• 154
  •  
  •  
  •  
  •  
  •  
    154
    Shares

वसिम अन्सारी
बाँके भदौ १३ गते ।

नेपालगन्जमा आज एकजना बालक मृत अवस्थामा फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहस्थित नजिकैको तलाउमा डुवेको अवस्थामा स्थानीय ९ वर्षीय बालक समिर राइ फेला परेका हुन् ।

ती बालक सुस्त मनस्थितिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खिमबहादुर घर्ति, जमुनाह प्रहरीका इन्चार्ज पूर्णबहादुर खत्री र सशस्त्र प्रहरी जमुनाह बिओपीका इन्चार्ज जीवन लाल बुढाको संयुक्त टोलिले तलाउबाट शव निकालेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here