Home दुर्घटना मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

596

बाँके भदौ १८ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ बाघखोरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

आज मध्यान्ह कोहलपुरबाट भालुवाङ जाँदै गरेको भे ८ प ५२२१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया सरिदेवी कुमालको मृत्यु भएको हो ।

मोटरसाइकलबाट गम्भीर घाइते उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।

error: Content is protected !!