• 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

बाँके भदौ २३ गते ।
बाँकेमा नदी र खोलामा डुवेर दुईजना वेपत्ता भएका छन् । एकजना राप्ती नदीमा डुवेर वेपत्ता भएका हुन् भने अर्का मानखोलामा डुवेर वेपत्ता भएको बाँके प्रहरीले जनाएको छ ।

डुडुवा गाउँपालिका–४ मा रहेको राप्ती नदीमा डुवेर आज नेपालगन्ज–१० भृकुटीनगर बस्ने अन्दाजी २६ बर्षका सरोज चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मानखोला तर्ने क्रममा खजुरा गाउँपालिका–७ का अन्दाजी ५५ बर्षका बिक्रम राई डुबेर बेपत्ता भएको पनि प्रहरीले जनाएको छ ।

बेपत्ता दुबै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here