• 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं भदौ २४ गते ।
नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै छ । खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ ।

मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताउनुभयो । खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ ।

दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here