•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं भदौ २७ गते ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एकरएक गोल गरेका थिए ।बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here