• 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं भदौ २८ गते ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । वाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।देशको धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here