• 43
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

सुर्खेत भदौ ३० गते ।
कर्णाली प्रदेशमा व्यक्ति हत्याको डर लाग्दो तथ्याङ्क देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षमा मात्र प्रदेशभर एकसय ५२ जनाको हत्या भएको हो ।

तथ्याङ्कअनुसार तीन बर्षको अवधिमा सुर्खेतमा ४६ जनाको हत्या भएको छ । आर्थिक बर्ष २०७५ मा १७ जना, ०७६ र ०७७ मा १०÷१० जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिनुभयो ।

त्यस्तै दैलेखमा मात्र तीन बर्षको अवधिमा २५ जनाको हत्या भएको छ । जाजरकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, सल्यानमा ३२ जना, जुम्लामा नौ जना, डोल्पामा चार जना, हुम्लामा चार जना, मुगुमा नौ जना र कालीकोटमा आठ जनाको हत्या भएको हो ।

चालु आर्थिक वर्षमा प्रदेशभर दैलेख र रुकुपश्चिममा एक–एक जनाको हत्या भएको छ। प्रदेशका अन्य जिल्लाको तुलनामा व्यक्ति हत्याका घटना सबैभन्दा धेरै सुर्खेतमा भएका छन् ।

अवैध सम्बन्ध, धनपैसाको लोभ, जातिय विभेद, सामाजिक सञ्चालको दुरुपयोग र प्रेमका कारण व्यक्ति हत्याका घटना बढ्दै गएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here