• 53
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

बाँके भदौ ३० गते ।
कसौधन वैश्य समाजले नेपालगन्जको अनियमित बिद्युत समस्या सल्ट्याउन माग गर्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष नन्दलाल बैश्य र महासचिव सन्तनारायण वैश्यले संयुक्तरुपमा प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख लखनलला मल्लिकलाई बुझाउनुभएको हो ।

अनियमित विद्युतका कारण नगरबासीले गर्मीमा सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधानको आग्रह गरिएको अध्यक्ष वैश्यले बताउनुभयो ।

मौसमी आद्रता र तापक्रमलाई मध्यनजर गर्दै अनियमित विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष वैश्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here