• 374
  •  
  •  
  •  
  •  
  •  
    374
    Shares

बाँके भदौ ३० गते ।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित महेन्द्र माध्यामिक विद्यालयको जग्गा टुक्र्याउने गरी बीच जग्गा भएर अवैध तरिकाले बाटो निर्माण गर्न थालिएपछि विद्यालयले विरोध गरेको छ ।

विद्यालयको अनुमति नलिएरै भूमाफियाहरुले टोल सुधार समितिको नाममा सिद्धार्थभ्यू होटलस्थित पूर्वतिर रहेको विद्यालयको जग्गा बीचबाट अवैध तरिकाले बाटो निर्माणको काम सुरु गरेपछि विद्यालयले बिरोध गरेको हो ।

विद्यालयका प्रधानाध्यापक राजेश यादवले बाटो निर्माण कार्य तत्काल रोक्न माग गर्दै नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय र प्रहरी प्रशासनमा निवेदन दिनुभएको छ ।

विद्यालयको उक्त जग्गा पछाडी खाली जग्गा छ । विद्यालयको जग्गाबाट बाटो निकाल्दा पछाडीको जग्गा पलटिङ गरेर विक्री वितरण गर्न सहज हुने भएपछि भूमाफियाहरुले जवरजस्त विद्यालयको जग्गामा बाटो निर्माण सुरु गरेका हुन् ।

विद्यालयको तीन विघा जग्गा रहेको यादवले बताउनुभयो । उहाँले अवैध तरिकाले बाटो निर्माणमा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग समेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here