• 88
  •  
  •  
  •  
  •  
  •  
    88
    Shares

बर्दिया असोज १ गते ।
बर्दिया राष्ट्रिय निकुञ्ज आजदेखि खुलेको छ । कोरोना भाइरस महामारीका कारण ५ महिना अघि निकुञ्ज बन्द गरिएको थियो ।

स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइएको निकुञ्जले जनाएको छ । जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्नेलगायतका मापदण्ड बनाइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here