पहिरोले पुरिँदा एकै घरका तीन दिदी वहिनीको मृत्यु

137

गुल्मी असोज ६ गते ।
गुल्मीमा पहिरोले घर पुरिँदाएकै परिवारका तीन दिदीवहिनीको मृत्यु भएको छ।

रेसुंगानगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उहाँका २१वर्षीया छोरी भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

गएराति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो । तिलक, उहाँकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।