• 208
  •  
  •  
  •  
  •  
  •  
    208
    Shares

बाँके असोज ७ गते ।
नेपालगन्ज त्रिभुवन चोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया बालिका अनावीय राइको न्यायका लागि दवाव दिन आज प्रदर्शन गरिँदैछ ।

बालिकालाई ठक्कर दिने मोटरसाइकल अहिलेसम्म प्रहरीले फेला पार्न नसकेपछि दवाव दिन दिउँसो त्रिभुवन चोकमा प्रदर्शन गरिन लागिएको मृतक बालिकाका ठूलो बुवा अल्ताब राइले बताउनुभयो ।

बालिकाका आफन्त र स्थानीयबासीले घटनाबारे प्रहरी प्रशासनले निष्पक्ष भएर छानविन गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीको पहिचान गरी कारवाही गर्नुपर्ने लगायतको माग राख्दै आएका छन् ।

भदौ सात गते ती बालिकालाई त्रिभुवन चोकमा मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो । तर ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म प्रहरीले पहिचान गर्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here