• 35
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं असोज ८ गते ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको छ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठक भोलि पनि बस्नेछ ।राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा केही दिन अघि बसेको स्थायी कमिटी बैठकमा छलफल भएको थियो ।

बैठकमा स्थायी कमिटी सदस्यहरुले दिएको सुझाव समेटेर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको थियो ।एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्मका लागि तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here