• 323
  •  
  •  
  •  
  •  
  •  
    323
    Shares

बाँके असोज १० गते ।
भारतबाट भन्सार छलि नेपालगन्ज भित्र्याइएको अवैध सामान शसस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा खटिएको टोलिले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिपराहवा स्थित लत्ताकपडा, किराना समान र सुपर पावर सुर्ती १ लाख ५ हजार बराबर मुल्यको भारतबाट अवैध भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरेको उक्त गणका गण्पती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।

आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here