•  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया असोज ११ गते ।
बर्दियामा गएराति चितुवा खोरभित्र पसेर एकै पटक २२ वटा खसीबाख्रा मारिदिएको छ। गुलरिया नगरपालिका वडा नं। ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसीबाख्रा मारेको हो।

फार्म सञ्चालक पौडेलले खोरभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here