कर्णाली राजमार्गमा बस दुर्घटनामा एकजनाको मृत्यु

101

सुर्खेत असोज २४ गते ।
गएराती कर्णाली राजमार्गमा बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ। सुर्खेतबाट कालिकोट हुँदै जुम्लाका लागि छुटेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना भएको हो ।

दुर्घटनामा अछाम घर भएका ७४ वर्षीय भक्तबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अरू सात जना घाइते भएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–१ दारेभीरमा अनियन्त्रित भएर ना ६ ख ९२२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।