बसको ठक्करबाट एकको मृत्यु अर्की गम्भीर घाइते

155

बाँके असोज २५ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ, भने अर्का गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्वरको बसले आज दिउँसो पौने दुईबजे तिर ठक्कर राप्तीसोनारी गाउँपालिका–८ बालापुर बस्ने चन्द्रा बुढाथोकी खड्काको मृत्यु भएको इप्रका कोहलपुरले जनाएको छ । ठक्करबाट शम्शेरगन्ज बस्ने ३६ वर्षीया गीता चौधरी गम्भीर घाइते हुनुभएको छ ।

घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । चालक र वस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पैदल हिडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको हो ।