मुगुमा भयानक बस दुर्घटना, कम्तिमा २३ जनाको मृत्यु

150

बाँके असोज २६ गते ।
मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

तीमध्ये केहीको अवस्था गम्भीर रहेको मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । घाइतेहरुलाई उद्दारगरी सदरमुकाम गमगडी पठाइएको छ । उद्दार टोली अहिले शव संकलनमा जुटिरहेको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।

बस सडकबाट करिव ५ सय मिटर तल खसेको छ । अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।