•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं कार्तिक ४ गते ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछ ।पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ।पहिलो खेलमा बंगलादेश र पपुवा न्यू गिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा स्कटल्यान्डसँग पराजय भोगेपनि दोस्रो खेलमा ओमानमाथि जित हासिल गरेको बंगलादेशलाई सुपर १२ को यात्रा तय गर्न आजको खेल जित्नै पर्ने दबाबमा हुनेछ ।

यता अघिल्ला दुबै खेलमा ओमान र स्कटल्यान्डसंग पराजय भोगेको पिएनजीले भने बंगलादेशलाई हराउँदै सुपर १२ को यात्राको सम्भावना जिवित राख्न चाहन्छ ।यस्तै दोस्रो खेलमा ओमान र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यस खेल राति ७:४५ बजे सुरु हुनेछ ।बंगलादेश र पीएनजीलाई पराजित गरेर शतप्रतिशत नतिजा निकाल्न सफल स्कटल्यान्ड आयोजक ओमानलाई उसैको मैदानमा पराजित गर्दै अघिल्लो चरणको यात्रा गर्ने सोचमा हुनेछ ।

ओमान पनि जित हात पार्दै अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छ ।यस समूहमा स्कटल्यान्ड ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

ओमान २ अंक जोडेर दोस्रो र बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।पीएनजी अंक विहीन रहदै पुछारमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here