•  
  •  
  •  
  •  
  •  
  •  

बाँके कार्तिक ४ गते ।
छुट्टाछुट्टै मुद्दामा फरार दुईजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । लागु औषध र बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१४ हवलदारपुरका ३२ वर्षीय राजकुमार चिडिमार र कोहलपुर नगरपालिका–१३ सिमरीका ३७ वर्षीय छविलाल रासकोटी रहेका छन् ।

चिडिमारलाई गएको माघ १४ गते जिल्ला अदालतले लागु औषध मुद्दामा २ महिना ७ दिन कैद फैसला तोकेका थियो । तर उनी फरार थिए । उनलाई घरैबाट आज पक्राउ गरिएको हो ।

यस्तै रासकोटी बाल यौन दुराचार मुद्दामा गएको माघ २८ गते दोषी ठहर भएका थिए । उनलाई जिल्ला अदालतले ३ वर्ष कैद र ३ हजार जरिवाना तोकेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here