•  
  •  
  •  
  •  
  •  
  •  

जावेद अन्सारी
बाँके कार्तिक ४ गते ।

पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले आफुले नैतिकताका आधारमा राजिनामा दिएर बाँकेबासीको शिर उचो बनाएको बताउनुभएको छ । नेपाली काँग्र्रेस नेपालगन्ज ११ ले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले आफुले खुसीका साथ मन्त्री पद त्यागेकाले आफ्नो खुसीलाई साथ दिन बाँकेका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पदभन्दा मान सम्मान नै ठुलो भएकाले आफुले मन्त्री पद त्यागेको उहाँको भनाइ छ । उहाँले आफुले बाँकेबासीको शिक्षा, स्वास्थ्यका लागि ज्योति छर्न चाहेको बताउनुभएको छ । कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘मैले मन्त्री पद पाए, जुन हिसाबमा मैले मन्त्री पद त्याग गरे, त्यो मा म बहुद खुसी छु, मलाई लाग्छ, मेरो खुसीमा तपाईहरु पनि खुसी हुनुस्, पद कुनै ठुलो कुरा होइन, पद त तपाईले भोली पनि पाउन सक्नुहुन्छ, म पनि पाउन सक्छु, पद भन्ने कुरा ठुलो हुन्न, तर मान पाइदैन, सम्मान पाइदैन, सम्मान र मान मैले तपाईहरुको लागि जर्गेना गर्देको छु ।’

उहाँले आफु मन्त्री हुँदा रुग्न उद्योगहरुको स्तरबृद्धिको लागि प्रयास गरिएको बताउनुभयो । उहाँले बन्द रहेका उद्योगहरु संचालन गरेर बेराजगारीलाई रोजागरी सिर्जना गर्न प्रयास गरिएको बताउनुभयो ।

आफु उद्योग मन्त्री भइसकेपछि बन्द भएका उद्योग सञ्चालन गर्ने वातावरण तयार गरिदिएको र अन्य महत्वपुर्ण निर्णय गरिएको बताउनुभयो ।

उहाँले आफु मन्त्री हुँदा आफ्नै दलका नेताहरुले विरोध गरेको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको स्पष्ट पार्नुभयो । ‘मैले जुन राजिनामा दिएको छु, नेपालको इतिहासमा गणेशमान जीले प्रधानमन्त्री त्याग्नुभयो, सबैलाई थाहा छ, अहिले मैले मन्त्री पद त्यागे, मैले बाँके जिल्लाको गौरव राखिदिएको छु, बाँके जिल्लाको इज्जत राखिदिएको छु, तपाई जहाँ पनि जानुस्, कसैले पनि बाँके जिल्लाका मान्छेहरु पदको लोभी हुदैनन् भन्छन्, हामी बाँके जिल्लाका मान्छेलाई पद चाहिन्न, हामीलाई सम्मान चाहिएको छ ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमालले काँग्रेसले सधै निष्ठाको राजनीति गरेको उल्लेख गर्नुभयो । काँग्रेस नेता समेत रहनुभएका मन्त्री हमालले त्यो निष्ठा गजेन्द्र हमालले देखाएको बताउनुभयो ।

उहाँले वीपी, गणेशमान, कृष्णप्रसाद, सुशीलबाट त्यही निष्ठाको राजनीति गजेन्द्रले अंगीकार गरेको उल्लेख गर्नुभयो । उहाँले त्यही निष्ठा सबै कार्यकर्ताहरुले पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफु मन्त्री भन्दा पनि जनताको सेवक भएके बताउनुभयो ।

उक्त कार्यक्रमको आयोजना महाधिवेशन प्रतिनिधि अतुलकुमार गुप्ता, देवेन्द्रपाल सिंह, फैयाज अनसारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here