•  
  •  
  •  
  •  
  •  
  •  

जुम्ला कार्तिक ६ गते ।
जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो हुँदा यात्रु मर्कामा परेका छन् । विमानस्थलमा पाँच दिनदेखि यात्रुले पालो पर्खिएका छन् ।

तर टिकट पाउन समस्या रहेको स्थानीय कमलसिंह बुढ्थापाले गुनासो गर्नुभयो । टिकटको पारदर्शिताको विषयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ र एअरलान्सबीच गएको भदौ १३ गते बसेको बैठकले तत्काल समस्या सुल्झाउने सहमति गरेको थियो ।

तर निर्णय अनुसार कार्यान्वयन हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाइट र टिकट पारदर्शिताको विषयमा पहल गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here