• 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

धादिङ कार्तिक ७ गते ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।

३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो।

बसका यात्रु सकुशल रहेका छन् । तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here