• 35
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

बाँके कार्तिक ८ गते ।
बाँके प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके जिल्ला अदालतले कैद र जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का रिसवान थारु र यज्ञ राना क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

रिसवान र यज्ञलाई जिल्ला अदालतले २०७७ माघ २६ गते जनही एक वर्ष एक दिन कैद र एघार हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनीहरु फरार थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here