•  
  •  
  •  
  •  
  •  
  •  

बाँके कार्तिक ९ गते ।
बाँकेको कोहलपुरबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे तीन लाख रकम बरामद गरेको छ ।

कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने सूचना पाएको प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो ।
जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोली, कोहलपुर इप्रकाको टोली र केही घुमुवाको सक्रियतामा उनीहरु पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । चाडपर्व भित्रिएसँगै जुवाडेहरु सल्बलाउन थालेका छन् ।

केही दिन अघि पनि प्रहरीले बैजनाथबाट तीन जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुलाई पनि जंगलबाटै पक्राउ गरिएको थियो ।

घरमा प्रहरीले छापा हान्ने भयले जुवाडेहरुले जंगल क्षेत्रलाई जुवाखाल बनाउन थालेका छन् । तर प्रहरीले जुवाडेहरुलाई छक्काएर आफ्नो पंजामा पार्न सफल भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here