सीता एयरको जहाजमा बँदेल ठोक्कियो

195

बाँके कार्तिक १६ गते ।
सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

आज बिहान ७ बजेतिर हुम्लाको सिमिकोट उड्ने क्रममा नाइनएनएएचएवी कल साइन जहाज धावन मार्गमा बँदेलसँग ठोक्किएको हो ।

दुर्घटनामा मानवीय क्षतिभएको छैन । १४ यात्रु र चालकदलका सदस्यहरु सकुशलरहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

तर जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि पनि धावनमार्गमा जहाजसँग बँदेल ठोक्किएको थियो ।