जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको ज्यान गयो, सात जना घाइते

33

जाजरकोट कार्तिक १९ गते ।
जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सुर्खेतदेखि जुनीचाँदेका लागि छुटेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाइते भएका छन् । एक जना बेपत्ता छन् । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलेको छैन ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।