बाँकेको हवल्दारपुरस्थित कारको ठक्करबाट एकजनाको मृत्यु

1282

बाँके कार्तिक २१ गते ।
बाँकेको कोहलपुर नगरपालिका-१४ हवल्दारपुरस्थित कारको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।

आइतबार राती शिखर प्लाईबोर्ड फैक्ट्री नजिकै कारको ठक्करबाट हवलदारपुर बस्ने ३२ वर्षीय विनोद अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको परिचय नखुलेको कारले बाटो काटने क्रममा अधिकारीलाई ठक्कर दिएको थियो । करिब राती साढे आठ बजेतिर तीव्रगतिमा आइरहेको कारले अधिकारीलाई ठक्कर दिएर कार र चालक फरार रहेका कारण कार र चालकको खोजी भइरहेको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।