नरैनापुरमा बाघले मान्छे खायो

328

बाँके कार्तिक २८ गते ।
बाँकेको नरैनापुरमा बाघले मान्छे खाएको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।

गाई चराउन २५ गते जंगल जानुभएका लखन फर्केर नआएपछि खोजतलास गर्दा गएराती जंगलमा शव फेला परेको बताइएको छ ।

शवको पिठ्यु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको छ ।
स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर जति पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो ।