भन्सार छलीको सामान बरामद

123

बाँके कार्तिक २४ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खाटिएको प्रहरी टोलिले नेपालगन्ज उपमहानगरपालिका–१० बाट चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा, मोजा, कासको थाल, सुपारी लगायतका सामान बरामद गरेको हो ।

एक लाख २४ हजार ५ सय मूल्य बराबरको सो सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँकेका प्रहरी प्रभक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।