खजुरामा गाई काटिरहेको अवस्थामा दुईजना पक्राउ

1260

बाँके मंसिर ९ गते ।
प्रहरीले गाई काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नंं. ५स्थित उढरापुरमा बस्ने ४५ वर्षिय वकिल बेहना र सोही ठाउँको ४० वर्षिय हकिम बेहना पक्राउ परेका हुन ।

प्रहरीका अनुसार, बुधबार ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नंं. ५ स्थित उढरापुरबाट उनिहरुलाई गाईको मासु काटिरहेको अवस्थामा फेला पारेको हो ।

उनीहरुको साथबाट ३० केजि गाईको मासु काटेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

पक्राउ गरी दुवै माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।