नेपालगन्ज आउँदै गरेको बस जुम्लामा दुर्घटना, दुईको मृत्यु

62

बाँके मंसिर १५ गते ।
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज आउँदैै गरेको ना ६ ख ४४३८ नम्वरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना हुँदा चालक र सहचालक नवीन रावल र विशाल बमको मृत्यु भएको हो ।

बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिनुभयो । बसमा चार जना मात्र सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।