जिल्ला प्रशासन अगाडि फेला परेको शवको पहिचान हुन सकेन्

79

बाँके मंसिर १६ गते ।
जिल्ला प्रशासन कार्यालय बाँके अगाडि वेवारिसे अवस्थामा भेटिएको शवको अझै पहिचान हुन सकेको छैन् ।

प्रहरीका अनुसार उक्त शव हिंजो मध्यान्ह नेपालगन्ज उपमहानगरपालिका–१० स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटिमा फेला परेको थियो ।

अन्दाजी ६१÷६१ वर्षको नामथर र वतन नखुलेको मुस्लिम वर्णको शव सनाखतका लागि भेरी अस्पताल नेपालगन्जमा शव गृहमा राखिएको छ ।