टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुईको मृत्यु

42

प्युठान मंसिर २० गते ।
प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उहाँका ४ बर्षका छोरा सुशान्त थापा रहेका प्रहरीले जनाएको छ ।

माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उहाँहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई–रिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उहाँहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।