एसिएन पेन्टको गाडीले अगैयामा ठक्कर दिँदा एकजनाको मृत्यु

204

बाँके मंसिर २० गते ।
बाँकेको अगैयामा एसिएन पेन्टको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट तुलसीपुरतर्फ जाँदै गरेको नम्वर प्र ३–०१०२२ च ५८८४ नम्वरको गाडीले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरका हुकुम डाँगीको मृत्यु भएको इप्रका कोहलपुरले जनाएको छ ।

बसबाट ओर्लिर सडक छेउमा पिसाव फेर्दै गरेका डाँगीलाई गएराती ८ बजेतिर उक्त गाडीले ठक्कर दिएको थियो । पीडितहरुले दोषीलाई कारवाही, उचित क्षतीपूर्ति, मृतकका बालबच्चाको पठनपाठनको सुनिश्चितता लगायतका माग राखेर शव बुझन इन्कार गरेका छन् ।

शव मेडिकल कलेज कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ । सहमतिका लागि दुवै पक्षवीच वार्ताको प्रयास जारी रहेको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।